
आगालागी पिडित गुरुङ परिवारलाई आर्थिक सहयोग
बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ रन्चोकका आगालागीबाट पिडित परिवारलाई स्थानीय लोक कल्याणकारी सामाजिक संस्था गो ड्राईभरबा मेमोरियल फाउण्डेशन ट्रस्टले आर्थिक सहयोग गरेको छ । सो संस्थाले बिहिबार पिडितको घरमै पुगेर २५ हजार रुपैयाँ सहयोग गरेको हो ।
वडा अध्यक्ष भीमबहादुर गुरुङ, ट्रस्टका सचिव मिलन ढकाल, कोषाध्यक्ष दीपक ढकाल लगायतले घर पूर्ण रुपमा क्षति भएका सुकबहादुर गुरुङको परिवारलाई २० हजार र आंशिक क्षति भएका सुन्दर गुरुङका परिवारलाई पाँच हजार हस्तान्तरण गरिएको हो ।

गत फागुन ५ गते दिउँसो आगालागी भई धनमाल, लत्ताकपडा लगायतका सामाग्रीहरु जलेर नष्ट भई १२ लाख भन्दा धेरैको क्षेति भएको थियो ।
साथै सोही अवसरमा सोही वडा निवासी मानसिक रोगको औषधी नियमित सेवन गर्ने आर्थिक अबस्था ज्यादै न्यून भएकी एक महिलालाई एकबर्षसम्म औषधी खरिद गर्न पुग्ने रकम पनि प्रदान गरेको मिलन ढकालले जानकारी दिए । औषधी सेवनको लागि मासिक रु पाँच सयको दरले १२ महिनाका लागि छ हजार नगद सहयोग हस्तान्तरण गरिएको ढकालले जानकारी दिए ।




