| आइतवार, कार्तिक २२, २०८३

४० करोड लागतमा पालुङटारमा बृहत खानेपानी आयोजना बन्दै

मेलिना बराम :


गोरखाको पालुङटार नगरपालिकामा ४० करोड रुपैयाँ लागतमा बृहत खानेपानी आयोजना निर्माण भइरहेको छ । आउँदो असारमा काम सम्पन्न गर्ने गरी आयोजना निर्माणको काम भइरहेको पालुङटार बृहत खानेपानी आयोजना तथा र सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बिमल ढकालले बताए । चेपेखोला–आमडाँडा–अधिकारी गाउँ मइबल हुदैँ लिगगिकोटसम्म पु¥याएर पानी वितरण गर्ने गरी आयोजना निर्माण भइरहेको उनले जानकारी दिए ।

संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित सो आयोजना निर्माणको ६० प्रतिशत काम अहिलेसम्म सम्पन्न भइसकेको ढकालले जानकारी दिए । लिगलिगकोट पुरातत्व विभाग अन्तरगत पर्ने भएकाले समस्या हुन सक्ने उनको भनाइ छ । ‘लिगलिगकोट पुरातत्व विभाग अन्तरगतको क्षेत्र हो, त्यस कारण केही समस्या हुन सक्छ,’ उनले भने, ‘लिगलिगकोटमा पानी पु¥याएर वितरण गर्नका लागि हामी उपभोक्ता समिति र नगरपालिका मिलेर पुरातत्व विभागसँग माग पनि गरेका छौं ।’ आयोजना निर्माण भई राख्दाँ जग्गको समस्या धेरै मात्रमा हुने गरेको उनले गुनासो गरे ।

लिगलिगकोटमा लिफ्टिङ गर्नेे ठाउँ नपाइएमा आयोजना नै सार्न पर्ने अवस्था नी आउन सक्ने अध्यक्ष ढकालले बताए । ‘कतिपय ठाँउमा व्यक्तिको जग्गा पर्न गएको छ,’ उनले भने, ‘अहिलेसम्म खासै समस्या भएको छैन, तर व्यक्तिको जग्गा हो दिन्न भन्दिन नि सक्छन् ।’ आयोजना सुरु भएको एक वर्ष जति जंगलको कारणले काम रोकिएको पनि उनले सुनाए । ‘पानी जंगलको बाटो हुदैँ ल्याउनु पर्छ, पानीको पाइप राख्दा दुईवटा सालको बोट छोइन पुगेछ’, उनले भने, ‘जंगलकै कारणले एकवर्ष जति काम नै ठप्प बन्न पुग्यो । पछि वन उपभोक्ता समितिसँग छलफल गरेर रुख नछोई पाइप राख्ने सम्झौता भएपछि काम सुचारु भयो ।’

आयोजना निर्माण गर्नका लागि मृत संजीवनी कर्ण सगुन जेभी कन्स्ट्रक्सन अन्तरगर्तको सगुन जेभीले गत असारमा ठेक्का सम्झौता गरेको थियो । सो बृहत खानेपानी आयोजना अन्तरर्गत तीन वटा योजनाका कामहरु सञ्चालन भइरहेका छन् । चेपेखोलादेखि लिगलिगकोटसम्म, अर्को भुसुन्डे खोलादेखि खुर्पाजुङ र अर्को योजनामा मर्यास्याङ्दीदेखि देउकोटसम्मको रहेको छ ।

तीन वटा योजनामध्य पहिलो र दोस्रो खण्डको काम करिब ६० प्रतिशत जति सम्पन्न भइसकेको कन्ट्रक्सनका इन्जिनियर कृष्ण शर्माले बताए । तेस्रो नम्बर योजनाको काम भने अहिलेसम्म सुरु हुन सकेको छैन । ‘३ नम्बर योजनाको काम अहिलेसम्म सुरु भएको छैन,’ अध्यक्ष ढकाल भन्छन्, ‘मर्यास्याङ्दीदेखि देउकोट भनेका छौं तर, यसलाई लाजिकोटसम्म सार्ने कुरा पनि भइरहेकोले काम सुरु हुन नसकेको हो ।’ बृहत खानेपानी आयोजनाबाट नगरपालिका भित्रका वडा नं. १, २, ३, ४, ५ र ६ गरी पाँच वटा वडा प्रभावित हुने इन्जिनियर शर्माले जानकारी दिए । ‘नगरपालिका भित्रका पाँच वटा वडाका करिब तीन हजार घरधुरी आयोजनाबाट लाभन्वित हुनेछन्’ उनले भने ।

पालुङटार बुहत आयोजना फिल्टर पलान्टसहितको आयोजना भएकोले माग बढेको अध्यक्ष ढकालको भनाइ छ । ‘यो आयोजना फिल्टर पलान्टसहितको आयोजना हो, त्यसैले प्रभावकारी पनि हुने देखिएको छ,’ उनले भने, ‘हामीले तीन हजार जति घरधुरीलाई टार्गेट गरेका छौं, तर यसको माग भने बढ्दोँ छ ।’ आयोजना निर्माण भएपछि लाभान्वित घरधुरीलाई २० वर्षका लागि पानीको समस्या नहुने उनले दाबी गरेका छन् । समयभित्रै आयोजना निर्माण सम्पन्न गर्ने गरी तिव्र गतिमा काम भईरहेको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्