
निशुल्क महिला स्वास्थ्य शिविरमा एकसय बढिले सेवा लिए
गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले एक दिने निशुल्क महिला स्वास्थ्य शिविर गरेको छ । संस्थाको ३१ औ स्थापना दिवसको अवसर पारेर शनिवार भएको शिविरमा १ सय ३६ जनाले सेवा लिएका छन् ।
उनीहरुमध्ये ६९ जनाको भिडियो एक्सरे भयो,’ संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले भने, ‘धेरैमा पत्थरी, मृगौला र पित्त थैलीको समस्या देखियो ।’ १२ जनालाई थप उपचार गर्नुपर्ने देखिएको उनले बताए । शिविरमा सेवा लिन आउनेहरुलाई आवश्यकता अनुसार औषधी पनि निशुल्क वितरण गरिएको थियो ।
शिविरमा प्राविधिक सहयोग गरेको गोरखा बिज्ञान पोलिक्लिनिकले आवश्यक औषधी निशुल्क उपलब्ध गराएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत यसअघि पनि बिभिन्न कार्यक्रम सामाजिक कार्य गर्दै आएको संस्थाले यसपटक भने स्वास्थ्य शिविर गरेको हो ।
एक दिनसम्म संचालन भएको शिविरमा डा. सुनिता व्यञ्जनकार, स्त्री रोग बिशेषज्ञ डा. रविसन दुवाल, मेडिकल अधिकृत डा. बिशाल केसी लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।




