
धार्चेमा भएको आँखा जाँच शिविरमा ९ सय बढी बिद्यार्थीले सेवा लिए
धार्चे गाँउपालिकामा विद्यालयमा आँखा जाँच कार्यक्रम अन्तरगत पहिलो चरणको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय ५४ जनाले सेवा लिएका छन् ।
माघ २२ देखि २९ गतेसम्म सञ्चालन भएको शिविरमा ४०७ जना छात्र, ४६७ जना छात्रा, ७९ जना शिक्षकले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब केशवराज गुरुङले बताए । जसमध्ये ५३ जना विद्यार्थीमा दृष्टी सम्बन्धी समस्या रहेको पाइएको उनले जानकारी दिए ।
आँखामा समस्य देखिएका सबै विद्यार्थीलाई निशुल्क चस्मा समेत वितरण हुने उनले बताए । ‘चस्माको पावर विद्यार्थी अनुसार फरक फरक रहेकोले गोरखा लायन्स आँखा सेवा केन्द्रमा बनाउने तयारी गरेका छौं,’ उनले भने, ‘चस्मा बन्न साथ विद्यार्थीहरुलाई उपलब्ध गराउछौं ।’
दास्रो र तेस्रो चरणको शिविर भने आँउदो बैशाखमा पालिका भित्रका ११ वटाविद्यालयमा हुने उनले जानकारी दिए । पहिलो चरणको कार्यक्रम अन्तरगत पालिका भित्रका आठ वटा बिद्यालयमा शिविर गरिएको बताइएको छ ।




