| सोमवार, कार्तिक २३, २०८३

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६० बर्षीय पुरुष पक्राउ

१२ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोकका ६० बर्षीय बुद्धिमान बिक रहेको प्रहरीले जनाएको छ ।

गत बुधवार डर त्रास देखाई बालिकालाई जवरजस्ती करणी गरेको भनी पीडितका आफन्तले दिएको जाहेरीको आधारमा बिकलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

‘हामीले शुक्रवार पक्राउ ग¥यौ,’ उनले भने, ‘आज आइतवार जरवजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौ ।’

प्रतिक्रिया दिनुहोस्