
ट्याक्टर दुर्घटनामा एक पुरुषको मृत्यु
तनहुँमा दुर्घटना परि एक पुरुषको मृत्यु भएको छ ।
शुक्रबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ कालिकोट स्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो ।
तनहुँको गाछेपानीबाट चिसापानीतर्फ जादै गरेको ग १ त २५३२ नंको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी मोहन बहादुर खाँणले बताए ।
दुर्घटनामा परि शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानी बस्ने २४ वर्षिय सोम बहादुर परियारको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।




