| आइतवार, कार्तिक २२, २०८३

चार वटा मोटरेवल पुल बन्दै, थप दुई वटाको स्रोत सुनिश्चितता प्रक्रिया अघि बढ्यो

जिल्लामा एकै साथ चार वटा मोटरेवल पुल निर्माणको काम सुरु हुने भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत बन्ने ती पुलहरुको ठेक्का आव्हान समेत भइसकेको छ ।

पालुङटार नगरपालिका वडा नम्वर ८ को तादिखोला, गोरखा नगरपालिका–१४ र पानपा–८ जोड्ने सिल्लीखोला, पानपा–९ को खारखोला र भिमसेन थापा–१ र बारपाक सुलिकोट–८ जोड्ने जराङ खोलामाथि पुल बन्न लागेको कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले बताए । तादिखोलामाथिको पुलको लम्वाई १६ मिटर, सिल्लीखोलाको ११ मिटर, खारखोलाको २५ मिटर र जराङ खोला माथि बन्ने पुलको लम्वाई २० मिटर हुने उनले जानकारी दिए ।

‘ठेक्का आव्हान भइसक्यो, अव केही दिनपछि ठेक्का सम्झौता भएर काम अघि बढ्छ,’ उनले भने । १८ महिनाभित्र काम सम्पन्न भइसक्ने उनको भनाइ छ । यता दुई वटा मोटरेवल पुलका लागि भने बहुबर्षीय ठेक्का प्रक्रियाका लागि स्रोत सुनिश्चितता गर्न भन्दै मन्त्रालयमा पठाइएको सुवेदीले जानकारी दिए ।

स्रोत सुनिश्चितताका लागि पठाइएको योजनाहरु पालुङटार नगरपालिकाको चुक्तिखोला माथिको पुल र गोरखा नगरपालिका–११ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला माथिका पुल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्