
तीन जना फरार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय गोरखाले थप तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा सजाय तोकिएका तीन जनालाई मंगलवार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ५ का ५६ बर्षीय श्यामबहादुर परियार, ४५ बर्षीय मानबहादुर आले र गोरखा नगरपालिका वडा नम्वर ६ का ४० बर्षीय रञ्जित सिर्मल रहेका छन् ।
सार्वजनिक अपराध शिर्षकमा मुद्दा दर्ता भएका उनीहरुलाई जनही एक हजार जरिवाना तोकिएको थियो । त्यसयता उनीहरु फरार थिए । मंगलवार पक्राउ परेका उनीहरुलाई सजाय भुक्तानका लागी जिल्ला अदालत पेश गरिएको प्रहरी निरिक्षक शेखर खड्काले बताए ।




