
कोरियन डाँडामा गोरखकाली फ्यूल सेन्टरको उद्घाटन
गोरखा नगरपालिका वडा नं ११ कोरियनडाँडामा निर्माण भएको गोरखकाली फ्यूल सेन्टर प्रालि पेट्रोल पम्पको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरले पम्पको उद्घाटन गरेकी हुन् । गोरखा–आँवुखैरेनी सडक खण्ड अन्तरगत वाह्रकिलोमा पर्ने उक्त पम्प गत माघ १ गतेबाट संचालनमा आएपनि उद्घाटन भने सोमवार गरिएको हो ।
करिव सात करोड लगानीमा संचालन गरिएको उक्त पम्पबाट २४ सै घण्टा सेवा प्रवाह हुने पम्प संचालन समितिका अध्यक्ष सरदबाबु कट्टेलले बताए । एकै पटक आठ वटा सवारी साधनमा इन्धन भर्न मिल्ने उनले जानकारी दिए । विद्युतीय सवारीका लागि चार्जिङस्टेशन निर्माणको तयारी पनि भइरहेको उनको भनाई छ । झण्डै ११ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त पम्पमा जिल्लाका पाँच जना व्यवसायी शरदवावु कट्टेल, अच्युतलाल श्रेष्ठ, रामहरि केसी, भोला मरहट्टा र काजीराम श्रेष्ठको लगानी रहेको छ ।
पम्प निर्माणको काम २०७९ पुस १ गतेबाट सुरु भएको थियो । संचालनमा आएको पम्पको भण्डारण क्षमता ६० हजार लिटर रहेको छ । पम्पसँगै सुविधा सम्पन्न रेष्टुरेन्ट र किराना पसल संचालनमा ल्याउने तयारी भइरहेको संचालक मध्येका एक सदस्य रामहरि केसीले बताए ।




