| सोमवार, कार्तिक २३, २०८३

गोप्लिङबासीको समस्या सम्बोधन होओस्

निर्धारित समयमा, निर्धारित स्थानमा पुल बनाउने भनी ठेकेदार कम्पनीले लिखित, मौखिक प्रतिवद्धता जनायो, तर तीनबर्ष बितिसक्दा पनि काम गरेन । यो तीनबर्षको अवधिमा कम्पनीले निर्धारित ठाउँभन्दा करिब दुई किलोमिटर तल(मस्र्याङ्दी बाँधभन्दा तल) सार्ने तिकडम गरिरह्यो ।

बाँधभन्दा माथि पुल निर्माण गर्दा खर्च बढि लाग्ने, निर्माण गर्न धेरै झञ्झटिलो र जटिल पनि हुने भएकाले बाँधमुनि, जहाँ पानी नै छैन, जहाँबाट वारपार गर्न पुलको आवश्यकता नै पर्दैन, त्यहाँ पुल बनाउन लागिप¥यो । त्यसका लागि प्रभावशाली नेताहरु पट्यायो । जनप्रतिनिधि पट्यायो । तोकिएको ठाउँमा काम नै सुरु नगरेर सबैलाई हैरान पार्ने जुक्ति पनि निकाले । बरु योजनै असफल भएर जाओस्, तैपनि बाँधमाथि धेरै खर्च गरेर पुल नबनाउने निश्कर्षमा थिए, उनी ।

त्यही लहैलहैमा लागेर गोरखा नगरपालिका र आँबुखैरेनी नगरपालिकाले पुल स्थानान्तरण गर्न सिफारिस दिए । नबन्नु भन्दा बरु अन्यत्र भने पनि बनोस्, आएको बजेट फिर्ता नहोओस् भन्ने पालिकाहरुको सोचाइ रह्यो । त्यसैले त्यहाँ पुल बनाउन सिफारिस गरे, जहाँ पुल बनाउनु खाँचै छैन । यसरी गोप्लिङबासी पिडित बनेका छन् । उनीहरुको समस्याको उचित सम्बोधन होओस् ।

प्रतिक्रिया दिनुहोस्