| सोमवार, कार्तिक २३, २०८३

एकजना फरार अभियुक्त पक्राउ

गोरखा प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । भवितव्य ज्यान कसुरमा सजायँ फैसला भएपछि फरार रहेको पालुङटार नगरपालिका वडा नं. ८ बस्ने ३० बर्षीय रमेश भनिने किसान कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुमाल फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका थिए । उनलाई अदालतले भवितव्य ज्यान कसूर मुद्दामा ५ महिना ११ दिन कैद र पाँच सय रुपौयाँ जरिवाना तोकेको थियो ।

कुमाललाई पक्राउ गरी तोकिएको कैद र जरिवाना असुल उपरको लागि आइतबार गोरखा जिल्ला अदालतको आदेशले कारागार कार्यालय गोरखामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्