| आइतवार, कार्तिक २२, २०८३

राष्ट्रिय वाणिज्य वैँक, आरुघाट शाखाद्वारा अधिकारी र श्रेष्ठ सम्मानित

राष्ट्रिय वाणिज्य वैँक, आरुघाट शाखाले दुई उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । वैँकको ५९ औँ स्थापना दिवसको अवसरमा आरुघाट शाखाले आर्खेतका परिचित अधिकारी र सल्यानटारका रामकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो ।


५९ स्थापना दिवसको अवसरमा राष्ट्रिय वाणिज्य वैँकको आरुघाट शाखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने अधिकारी र श्रेष्ठलाई सम्मान गरिएको शाखा प्रवन्धक सुजन क्याप्छाकी मगरले जानकारी दिए । ‘उत्कृष्ट निक्षेपकर्ताका रुपमा परिचित अधिकारी र उत्कृष्ट कर्जातर्फका ग्राहक भनेर रामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो’, शाखाका प्रवन्धक सुजन क्याप्छाकी मगले भने, ‘यो शाखाको स्थापनादेखि उहाँहरुको कारोबार निकै प्रशंसनीय रहेको पाइयो । त्यसैले असल कारोबारीलाई सम्मान गर्नु हाम्रो दायित्व हो भनेर सम्मान गरेका हौँ ।’


कार्यक्रममा सहभागीहरु बीच शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्