| आइतवार, कार्तिक २२, २०८३

कालिका लघुवित्तद्वारा मृतक ऋणीको ५ लाख ऋण मिनाहा

कालिका लघु वित्त वित्तीय संस्था घ्याम्पेशाल शाखाले एकजना ऋणीको पाँचलाख ऋण मिनाहा गरेको छ । कालिका लघुवित्तले संस्थाका सदस्य गोरखा नगरपालिका वडा नं. १ ताप्लेका कृष्णप्रसाद देवकोटाको पाँचलाख ऋण मिनाहा गरेको हो । देवकोटाको गत मंसिर १ गते असामयिक निधन भएको थियो ।

देवकोटाको निधनपछि उनको नाममा रहेको ऋण मिनाहा भएको शाखाकी प्रमुख तारा ढुङ्गानाले बताइन् । देवकोटाले होटल व्यवसायका लागि गत बैशाख १५ गते चार वर्षका लागी ऋण लिएका थिए । उनले अहिले सम्म ६ किस्ता वापतको रकम समेत बुझाई सकेको ढुङ्गानाले जानकारी दिइन् । तिर्न बाँकी रहेको किस्ता (रकम) भने मिनाहा गरिदिएको उनले बताइन् ।

संस्थालाई ढुङगानाले चार लाख ५५ हजार रकम तिर्न बाँकी थियो । बाँकी सबै किस्ता मिनाहा भएको संस्थाले जनाएको छ । शाखा प्रवन्धक ढुङ्गानाका अनुसार ६ किस्ता वापतको साँवा ४५ हजार र किरिया खर्च भनेर ५ हजार थप गरी ५० हजार उनको परिवारलाई दिइएको छ । उक्त रकम संस्थामा आवद्ध रहेका सदस्यहरुको उपस्थितिमा मंगलबार देवकोटाकी पत्नी पार्वती देवकोटालाई हस्तान्तरण गरिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्