| सोमवार, कार्तिक २३, २०८३

त्रिभुवन पुस्तकालयको इतिहासको खोजी गरौँ

बिक्रम सम्वत २००८ सालमा स्थापना भएको त्रिभुवन पुस्तकालय गोरखाको सबैभन्दा पुरानो(जेठो) पुस्तकालय हो । लामो समय बन्द रहेपछि एक महिनाअघिदेखि यो अहिले पुनः सञ्चालनमा छ । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय हुने वित्तिकै स्थापना भएको यो पुस्तकालयले गोरखाको गौरव गाथा बोकेको छ । यसको स्थापनाका लागि गोरखाका होनाहार व्यक्तित्वहरु लागि परेका थिए । जसले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिए, उनीहरुले नै पुस्तकालय स्थापना गर्न योगदान दिएको ज्येष्ठ नागरिकहरुको भनाइ छ ।

अर्थात प्रजातन्त्र आएपछि बनाइएको नेपालको अन्तरिम संविधान २००८ मा बिभिन्न हकलाई मौलिक हकका रुपमा स्थापिन गरिएको थियो । सोही सिलसिलामा विभिन्न पाठ्य सामग्री निर्वाध पढ्न पाउने, लेख्न पाउने, विचार तथा अभिव्यक्तिको हक आदिलाई पनि मौलिक हकका रुपमा सुनिश्चित गरिएको थियो । त्यही क्रममा तत्कालीन सचेत वर्गले पुस्तकालय स्थापना गरे । प्रजातन्त्र ल्याउन दरबार छाडेर विभिन्न भूमिका निर्वाह गरेका तत्कालीन राजा त्रिभुवनकै नाममा पुस्तकालय स्थापना गरेका थिए ।

इतिहास भुल्नु हुदैन । इतिहास मर्न दिनु हुन्न र इतिहास बङ्ग्याउनु पनि हुदैन । त्रिभुवन पुस्तकालय को को मिलेर स्थापना गरे ? तत्कालीन अध्यक्ष लगायतका अगुवाइ गर्नेहरु को को थिए ? सबैको नाम खोज्नु जरुरी छ । हामीले इतिहासको जगेर्ना ग¥यौँ भने भावी पुस्ताले पनि हामीले गरेका कामको खोजी गर्छ र इतिहास कायम गर्छ । नयाँ पुस्तालाई देखाउन पुराना पुस्ताले इतिहासको खोज, अन्वेषण गर्नुपर्छ । त्रिभुवन पुस्तकालय स्थापना गर्न धेरैले उल्लेखनीय काम गरेका थिए । ती को को हुन् ? उनीहरुको खोजी र त्यो इतिहासको संरक्षण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्