| सोमवार, कार्तिक २३, २०८३

स्याला लगिएको डोजरबाट अधिकत्तम लाभ होओस्

दुर्गम भेग अवलोकन गर्दा स्वर्गीय लाग्छन्, तर त्यहाँका जीवनचर्या कष्टकर हुन्छ । त्यही कष्टकर जीवनबाट माथि उठेकाहरु कतिपयले आफ्नो गाउँठाउँलाई धेरै माया गर्छन् । कष्टकर जीवन यापन गरिरहेकाहरुलाई माथि उठाउन धेरै पहल गर्छन् ।
यस्तै उदाहरणीय व्यक्तित्व हुन्, चुमनुब्री गाउँपालिका २ का लामा गुरु सोनाम दोर्जे रिम्पोछे । उनले वडा नं. २ का गाउँबस्तीका बालबाच्चाको शिक्षा सुनिश्चितताका लागि ठूलो योगदान दिएका छन् । स्यालामा सञ्चालित ल्हो माविको विद्यालय भवन निर्माण गर्ने, छात्रवास निर्माण गरी त्यहाँ विद्यार्थी बस्ने खाने व्यवस्था गरेका छन् । त्यति मात्र होइन, उनले हिउँदमा आर्खेत कोखेटारमा सञ्चालन गर्न धेरै ठूलो संरचना निर्माण गरेका छन् । त्यहाँ पनि छात्रवास निर्माण गरी विद्यार्थीहरुलाई आवासीय सुविधा दिएका छन् ।

त्यस्तै हालै उनले स्यालाको विद्यालयमा खेलकुद मैदान निर्माणका लागि हेलिकोप्टरमा बोकेर डोजर लगेका छन् । करिब ६० लाख रुपैयाँ लागतमा उनले नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरबाट डोजर लगेका हुन् । डोजर त्यहाँ पुगिसकेपछि विद्यालयको खेलमैदान निर्माण गरेर तल ल्याउने पक्कै होइन, त्यसले वडा नं. २ साविक ल्हो गाविसका गाउँबस्तीमा भौतिक पूर्वाधार निर्माण गर्न उपयोग गर्नुपर्छ । सडक अथवा अन्य संरचना निर्माणमा त्यसको प्रयोग गर्नुपर्छ ।

त्यति मात्र होइन, त्यसलाई वडा नं. १ साबिक सामागाउँ, साम्दोसम्म लैजानु पर्छ । यी गाउँबस्तीमा पालिकाको बजेट, प्रदेश सरकारको बजेट तथा संघीय मन्त्रालयहरुको बजेटबाट सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग गर्नुपर्छ ।
डोजर पु¥याउन नसक्दा यसअघि साम्दोबाट लार्केतर्फ लैजाने सडक मान्छेहरुले कोदालो, गल, गैँची प्रयोग गरी निर्माण गरिएको थियो । अब डोजर प्रयोग गरी छिटो भन्दा छिटो पूर्वाधार निर्माण गर्ने काम होओस् ।

प्रतिक्रिया दिनुहोस्