
गोरखामा ज्यान मार्ने कसुरमा दुई जना पक्राउ
ज्यान मार्ने कसुरका दुई अरोपी पक्राउ परेका छन् । गोरखा नगरपालिका २ तल्लो कोखेस्थित बगैंचा बस्ने २८ वर्षीय फिरोज मियामाथि आक्रमण गर्ने सिरानचोक ६ महटारका २५ बर्षीय पूर्णबहादुर परियार र गोनपा २ कोखे आहालेका २१ बर्षका सुशील परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मियाँमाथि गत पुष २५ गते साँझ साढेँ ५ बजेतिर टाउकोमा बञ्चरोको बिंडले प्रहार गरी गम्भीर घाइते बनाएको उनीहरुमाथि आरोप छ । घाइते मियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइ रहेको छ । उनीहरु दुवै जना विरुद्ध ज्यान मार्ने कसूर शिर्षकमा मुद्धा दर्ता गरी हिरासतमा राखी अनुशन्धान गर्न म्याद थप गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।




