| सोमवार, कार्तिक २३, २०८३

तनहुँमा जिप पल्टिदा २ जनाको मृत्यु १० जना घाइते

तनहुँमा आज बिहान भएका दुर्घटनामा परि दुई जनाका मृत्यु भएको छ ।

पोखराबाट रामपुर पाल्पा तर्फ जादै गरेको ग १ ज ६३५६ नंम्बरको जिप तनहुँको भिमाद नगरपालिका वडा नं ३ सुनाकोट बराथुम्की सडक देखी १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिपमा सवार यात्रुहरु मध्ये घाइते भएको १२ जनालाई तत्काल उद्दार गरी उपचारको लागी पठाइएकोमा दुईजनाको मृत्यु भएको हो ।

अन्य घाइतेहरु मध्य ३ जनाको अवस्था गम्भिर, ४ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएके छ । घटनाबारे थप अनु्सन्धान भईरहेको जिल्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्