| सोमवार, कार्तिक २३, २०८३

जगतको सडक समस्या समाधान होओस

बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि लार्केसम्मको १५४ किलोमिटरमध्य ९२ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । यसअघि बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर सडक सडक विभागले नै निर्माण गरिसकेको छ ।

अहिले पाङसिङ क्षेत्रमा सडकको ट्रयाक निर्माण गर्ने तथा कतै स्तरोन्नति गर्ने काम भइरहेको छ । केही दिनअघिसम्म नाग्चेतसम्म सवारी साधन निर्वाध चलिरहेको थियो ।

जगतका एक स्थानीयले आफ्नो बारीको प्रयोग गर्दै जवर्जस्त सडक खण्ड निर्माण गरेकोमा विरोध गर्दै सडक अवरुद्ध गराएका छन् । स्थानीय सुकबहादुर गुरुङले जगतबजार भन्दा तल, उनको जग्गाबाट लगिएको सडकमा अवरोध गरेका हुन् ।
जगतबजारभन्दा माथिबाट, जगतबजारभित्रबाट र जगत बजारभन्दा तलबाट सडक अगाडि बढाउने विकल्पहरु छन्, तर तीनवटै विकल्पमा जटिलता छन् ।

बजारभन्दा माथि बाटो निर्माण गर्दा विस्फोटका क्रममा बजार क्षतिग्रस्त हुने निश्चितप्राय छ । बजारभित्रबाट लैजाँदा दायाबायाँका घरहरु भत्किनेछन् । बीचमा रहेको गुम्बा पुरातात्विक भएकाले त्यसमा क्षति नपु¥याउन पुरातत्व विभागले सचेत गराइरहेको छ । बजारभन्दा तलबाट लैजाँदा बूढीगण्डकीले असर पु¥याउने सम्भावना नजिक छ भने एकजना व्यक्तिको मात्र जग्गा चर्चिने हुँदा उनलाई मर्का पार्न पनि हुदैन । यस्तो समस्या त्यहाँ रहेको छ । त्यसैले त्यहाँको समस्या समाधानतर्फ सम्बन्धित निकाय सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्