| सोमवार, कार्तिक २३, २०८३

प्रधानमन्त्री, गृहमन्त्री र प्रधानन्यायधीशको पुतला दोहन


नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी गोरखाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठको पुतला दोहन गरेको छ ।


मसाल जुलुससहित निस्केका अनेरास्ववियु जिल्ला कमिटीले हरमटारीचोकमा तीन जनाको पुतला दोहन गरेको हो । देशमा बढ्दै गएको श्रृङ्खलावद्ध हत्याकाण्डको विरोध गर्दै उनीहरुको पुतला दोहन गरेको अनेरास्ववियू जिल्ला कमिटीका अध्यक्ष प्रताप ढकालले जानकारी दिए ।


गतबर्षको निर्वाचनमा बाजुरामा तत्कालीन अनेरास्ववियू केन्दीय सचिवालय सदस्य चेतन एडी घरमा सुतिरहेको अबस्थामा विभत्स हत्या भएको र सो अभियोगमा मुद्दा खेपिरहेकाहरुलाई साधारण तारेखमा रिहा गरेको विरोधमा मसाल जुलुससहित पुतला दोहन गरेको उनले बताए । साथै केहीदिनअघि इपिएस परीक्षामा सहभागी हुन पाउँ भन्दै आन्दोलनरत दुई युवाको हत्या भएको विरोध स्वरुप पनि यस्तो कार्यक्रम गरिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्