| सोमवार, कार्तिक २३, २०८३

ठेक्का नहाल्ने तर लुकिछिपि उत्खनन गर्ने दाउ

गोरखाका गाउँपालिकाहरुमा यतिबेला नदीजन्य सामग्री उत्खनन गर्ने बेला भएको छ । केहीबाहेक सबै पालिकाहरुले उत्खननका लागि ठेक्का आव्हान गरिसकेका छन् । एकपटक आव्हान गरे, ठेक्का आवेदन कसैको पनि परेन । फेरि दोहो¥याएर सूचना गरे, दोस्रोफेर पनि कसैका आवेदन परेन । तेस्रोपटक पनि सूचना आव्हान भयो, तेस्रो पटक पनि कसैको पनि आवेदन नपरे पनि पालिकाहरु चिन्तित भएका छन् । पालिकाको आन्तरिक आयको प्रमुख स्रोत भनेकै नदीजन्य सामग्रीबाट प्राप्त हुने राजस्व हो, तर ठेक्का नलागेपछि राजस्व नउठ्ने भयो भन्दै पालिकाहरु चिन्तित भएका हुन् ।

विशेषगरी बारपाक सुलीकोट, अजीरकोट, आरुघाट, धार्चे गाउँपालिकाले आव्हान गरेको ठेक्कामा कसैले पनि आवेदन नगरेका हुन् । भीमसेनथापा गाउँपालिकाले एकफेर आव्हान गरेको ठेक्कामा कसैले पनि आवेदन दिएनन् र फेरि पुनर्सुचना गरेको छ । सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका भने भर्खर आईईई प्रक्रियामै छन् । चुमनुब्रीले यसबर्ष आईईई गर्ने निर्णय गरेको छ । गण्डकी गाउँपालिका, पालुङ्टार नगरपालिका र सहिद लखन गाउँपालिकाले हालै ठेक्का आव्हान गरिरहेका छन्, ठेक्का पनि परिरहेको ती पालिकाहरुले बताएका छन् ।

जहाँ ठेक्का परेका छैनन्, त्यसको अर्थ हुन्छ, त्यहाँ लुकिछिपि ढुंगा, गिटी, बालुवा निकाल्ने र बेच्ने । अनुगमन गर्न आउनेलाई र सुरक्षार्कीलाई प्रलोभनमा पार्ने दाउ उनीहरुको हो । उनीहरुको योजना अनुसार ठेक्का नहाली ढुंगा, गिटी, बालुवा उत्खनन गरे भने आगामि बर्ष कुनै पनि पालिकामा ठेक्का हुदैन । त्यसैले ती पालिकाहरुले ठेक्का प्रक्रियाबाट भन्दा फुटकर रुपमा उत्खनन गर्नेहरुसंग धेरै राजस्व असुल गर्नु वुद्धिमानी हुन्छ, जसले अर्को बर्षदेखि नियम कानूनको दायराभित्र छिर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्