| शुक्रबार, अशोज १५, २०८३

पूर्णमान श्रेष्ठको सम्झनामा अक्षयकोष स्थापना

सहिदलखन गाउँपालिका वडा नं ८ बुङ्कोट छापथोको राम्चे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको ३५ औ बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा शुक्रबार स्थानीय पूर्णमान श्रेष्ठको सम्झनामा अक्षयकोष स्थापना गरिएको हो ।

श्रेष्ठको सम्झनामा रु २५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरिएको उनका नाति राजेश श्रेष्ठले बताए । गाउँको सामाजिक हितका निम्ति शिक्षामा केही गरौँ भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उनले बताए ।

एक कार्यक्रमका बीच गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठ तथा वडा नं ८ का वडा अध्यक्ष बासुदेव खनालको रोहवरमा सो रकमको चेक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयमा अध्ययनरत असहाय र जेहेन्दार (छात्ररछात्रा) बिद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्