| सोमवार, कार्तिक २३, २०८३

खच्चड धपाउँदा घाइते भएका कैमीको उपचार खर्च संकलन


चुमनुब्री गाउँपालिका २ स्यो गाउँमा सामान पु¥याएर फर्कदै गर्दा बाटोबाट भीरमा खसेर घाइते भएका खच्चड व्यवसायी रामबहादुर गुरुङ(कैमी)लाई उपचार खर्च संकलन गरिएको छ । काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत कैमीको आर्थिक अबस्था नाजुक भएकाले चुमनुब्री गाउँपालिकाका सामाजिक व्यक्तित्वहरुले आर्थिक सहायता संकलन गरी हस्तान्तरण गरेका छन् ।


धार्चे गाउँपालिका ५ का कैमीलाई उपचारका लागि संकलन गरिएको तीनलाख ९५ हजार पाँचसय रुपैयाँ हस्तान्तरण भइसकेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । पछिल्लो पटक चुमनुब्री २ का छेवाङ ग्याल्जेन र चुमनुब्री ७ का छिरिङ फुञ्जोको अगुवाइमा संकलित सो रकम बिरामीलाई भेटेर हस्तान्तरण गरिएको लामाले बताए ।


‘एकपटक एकलाख २५ हजार, एक पटक ७० हजार र एक पटक दुईलाख गरेर तीनपटक हस्तान्तरण गरिएको छ’, अध्यक्ष लामाले भने, ‘घाइतेको स्वास्थ्य अबस्था गम्भीर भएको तर उपचारका लागि आर्थिक अबस्था ज्यादै कमजोर भएकाले सबैसंग आर्थिक संकलन गरी सहयोग गरिएको हो ।’


खच्चड धपाउँदै फर्कने क्रममा बिही क्षेत्रमा बाटोमाथिबाट झरेको ढुंगाले लतारेर कैमीलाई भीरमा पु¥याएको थियो । घटनाको भोलिपल्ट उनलाई सांसद राजेन्द्र बजगाईको अगुवाईमा हेलिकोप्टरबाट उद्धार गरी मनमोहन अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्