| शुक्रबार, अशोज १५, २०८३

चुमनुब्रीको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ल्हो माविलाई

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ल्हो माविले जितेको छ । गाउँपालिकाको वडा नं ३ बुद्ध माविमा सम्पन्न भएको प्रतियोगितामा ल्हो माविले उपाधि जितेको हो ।

ल्हो माविले कुल १८ स्वर्ण र १२ रजत गरी कुल ३० पदक प्राप्त गरेको थियो । जसमा सय मिटर, ४ सय मिटर, ८ सय मिरट दौडमा छात्र र छात्रा दुवैले स्वर्ण पदक जितेको प्रधानाध्यापक बाबुराम धमलाले बताए ।

१५ सय मिटर दौडमा छात्र रजत, छात्रा स्वर्ण, तीन हजार मिटर दौडमा छात्रा स्वर्ण, छात्र रजत, ४ सय मिटर रिले दौडमा छात्र स्वर्ण, छात्रा रजत, १६ सय मिटरमा दुवैमा स्वर्ण र ज्याब्लिन थ्रो पनि दुवैले स्वर्ण पदक प्राप्त गरेको उनले जानकारी दिए । त्यस्तै, हाइजम्पतर्फ छात्रलाई स्वर्ण, छात्रालाई रजत, लङजम्पमा छात्र स्वर्ण, छात्रा रजत र सटपुटमा छात्राले स्वर्ण हात पारेको उनले जानकारी दिए ।

त्यस्दै बुद्ध माविले १२ स्वर्ण र १७ रजत प्राप्त गरी दोस्रो भएको थियो । भलिबल, कपर्दीमा छात्र, छात्रा दुवैमा स्वर्ण, त्रिपल जम्प र सटपुटमा छात्रलाई स्वर्ण, ४ सय मिटर रिले दौडमा छात्रालाई स्वर्ण, छात्राको हाइजम्पमा स्वर्ण र त्रिपलजम्पमा दुवैले स्वर्ण प्राप्त गरेको विद्यालयका शिक्षक राजन सापकोटाले बताए । प्रतियोगितामा पालिकाभित्रका दुई वटा माविका ७० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गत मंसिर २३, २४ गते र २५ गते सो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्