| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिका भित्रका अधिकांश खानेपानीमा कोलिफर्म

गोरखा नगरपालिकाबासीले प्रयोग गर्ने गरेको खानेपानीमा दिसामा हुने किटाणु(कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाले एकसाता भरि गरेको खानेपानी नमूना परिक्षणका क्रममा अधिकांश मुहानका खानेपानीमा कोलिमर्फ देखिएको हो ।
नगरपालिकाका भित्रका ५२ वटा खानेपानीको मुहान परीक्षण गर्दा ३७ वटा मुहानमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

१७ स्वास्थ्य संस्थाको १९ वटा खानेपानी मुहानमध्ये १२ वटामा र ३२ वटा विद्यालयको ३३ वटा खानेपानी मुहानको नमूना परिक्षण गर्दा २५ वटामा फिकल कोलिफर्म देखिएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यमप्रसाद शर्माले जानकारी दिए । कार्यालयले मंसिर २५ गतेबाट नगरपालिकाभित्रका खानेपानीको नमूना संकलन गरी परीक्षण गरेका थिए ।

कोलिफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिने अवस्था आउनसक्ने भएकाले यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

खानेपानीमा देखिएको फिकल कोलिफर्म नियन्त्रण तथा रोकथामका लागि पानीलाई शुद्धिकरणका गरेर मात्र प्रयोग गर्नुपर्ने, पानीको मुहानको वरिपरि दिसा–पिसाव निषेध गर्ने र मुहान वरिपरि नियमित सरसफाई गर्नुपर्ने उनले बताए । त्यस्तै, मुहान संरक्षण गरी भलपानी पस्नबाट रोक्ने, नजिकका सेफ्टिट्याङ्कीबाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाईपहरुको समयमा नै मर्मत गर्ने जस्ता कामहरु गरेमा पानीलाई कोलिफर्म मिसिनबाट जोगाउन सकिने उनले बताए ।

साथै पानी प्रयोग गर्दा उमाल्ने, सोडिस, क्लोरिनेसन, फिल्टर मध्ये एक विधि अपनाएमा समुदायलाई पानी जन्य रोगहरु झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगबाट जोगाउन सकिने समेत उनले जानकारी दिए ।

पानीबाट हुने विभिन्न रोगहरुको नियन्त्रणका लागि स्थानीय तहबाट पनि विभिन्न अभियान संचालन गर्नुपर्ने उनले बताए । नजिकका सेफ्टीट्याङ्कीवाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाईपहरुको समयमा नै मर्मत गर्ने आदी कार्यहरुमा बजेट विनीयोजन गर्नुपर्ने उनले बताए ।

त्यस्तै, पानी शुद्धिकरणका गरेर मात्र प्रयोग गर्ने सम्बन्धी जनचेतनामुलक अभियानहरु पनि संचालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । सरकारले २०३० सम्म प्रत्येक जनतालाई स्वच्छ पानी पु¥याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्