| शनिबार, अशोज १६, २०८३

मणिकामदेवी माविका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

धार्चे गाउँपालिका ४ लाप्राकमा रहेको मणिकामदेवी माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लाप्राकका पर्यटन व्यवसायी तथा एक्टिम हुमन संस्थाका किसान गुरुङको सहयोगमा विद्यालयमा अध्ययन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

विहिबार एक कार्यक्रमका बीच विद्यालयका बालबालिकाहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङले बताए ।

विद्यालयको इसिडीदेखि कक्षा १२ सम्म अध्ययन ४ सय ५६ जना विद्यार्थीलाई एक÷एक दर्जन कपी वितरण गरिएको उनले जानकारी दिए । साथै इसिटी देखि कक्षा ३ सम्मका विद्यार्थीलाई सिसाकल र कक्षा ४ देखि १२ कक्षाका विद्यार्थीहरुलाई डट्पेन वितरण गरिएको उनले बताए ।

विद्यालयमा अध्ययनरत बाललबालिकाहरुको आर्थिक अवस्था कमजोर रहेका कारण शैक्षिक सामग्री माग गरिएको उनको भनाइ छ । पर्यटन व्यवसायी गुरुङले प्रदान गरेको शैक्षिक सामग्रीबाट ती बालबालिकाहरुलाई शिक्षा आर्जन गर्नमा धेरै सहयोग पुगेको उनले बताए ।

सोही कार्यक्रममा पर्यटन व्यवसायी किसान गुरुङले विद्यालयको शैक्षिक अवस्था उकास्नका लागि आगामि दिनमा विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्