
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित भएका छन् ।
बिगत लामो समयदेखि चुम उपत्यकामा अहिंसा(श्याग्या) परम्पराको संरक्षण सम्बद्र्धन स्थानीय सरकारबाट श्याग्यासम्बन्धी ऐन निर्माण गरेको, समग्र मनास्लु क्षेत्रमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको तथा चुम उपत्यकालाई अहिंसा उपत्यकाका रुपमा विकास गरी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै शुक्रबार लामालाई सम्मानित गरिएको हो ।
नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती र आठौं अन्तरर्राष्ट्रिय पर्वतीय महोत्सवको अवसरमा नेपाल पर्वतारोहण संघले आयोजना गरेको विशेष समारोहमा अर्थमन्त्री डाक्टर प्रकासशरण महतले अध्यक्ष लामालाई दोसल्ला ओढाई ताम्रपत्र प्रदान गरेका हुन् । चुम उपत्यकामा बिगत एकसयबर्षदेखि विद्यमान अहिंसा(स्याक्या) परम्पराको संरक्षण र विकासमा उनको संलग्नता र स्याक्यामार्फत पर्यटन प्रवद्र्धनमा पुगेको मद्दतको प्रसंसा गर्दै अर्थमन्त्री महतबाट सम्मान गरिएको हो ।
चुमुनुब्री गाउँपालिका वडा नं. ६ र ७ चुम्चेत र छेकम्पारमा बिगत एकसय बर्षदेखि अहिंसा(स्याक्या) परम्परा विद्यमान छ । चुमकल्याण समितिका पूर्व अध्यक्षसमेत रहेका लामाले यसबर्ष र २०७० सालमा चुम उपत्यकामा स्याग्या महोत्सव आयोजना गरेका थिए । साथै आफू गाउँपालिकाको अध्यक्ष भएका बेला गतबर्ष अहिंसाका पञ्चशीललाई पालिकाको राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गरे, गराएका छन् ।




