| सोमवार, कार्तिक २३, २०८३

कम्मलभित्र बेरेर फालिएको अवस्थामा युवतीको शव फेला

पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यानचौतारामा एक युवतीको शव फेला परेको छ । कम्मलभित्र बेरेर सडक नालीमा फालिएको अवस्थामा बिहिबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘शव देखेपछि स्थानीयले हामीलाई खवर गर्नुभयो,’ एसपी अनुपम श्रेष्ठले भने, ‘हाम्रो टोली त्यहाँ पुगेर हेर्दा घटना शंकास्पद देखियो ।’ अन्दाजी २५ बर्षीया उक्त युवतीको अनुहारमा केही चोटपटक समेत देखिएकाले शंकास्पद रहेको उनले बताए ।

घटनाको थप अनुसन्धानका लागि पोखराबाट कुकुरसहितको थप टोली समेत मगाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्