
एनपिआई गोरखा हस्पिटलको चौथो वार्षिक साधारणसभा सम्पन्न, आगामि वैशाखबाट सञ्चालनको तयारी
गोरखा सदरमुकाममा निर्माणधीन नारायणी सामुदायिक अस्पतालको सञ्चालक संस्था एनपिआई गोरखा प्रालिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार प्रालिको आफ्नै सभाहलमा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा एनपिआई गोरखा हस्पिटल प्रालिका प्रबन्धक संचालक पुष्पराज शर्माले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यस्तै सभामा कम्पनीका उपाध्यक्ष शरदबाबु कट्टेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीका उपाध्यक्ष कट्टेलले सो हस्पिटलको संरचना निर्माण प्रगति ९० प्रतिशत रहेको बताए । एकसय शैयाको हस्पिटल आगामी वैशाख १ गतेबाट संचालनय गर्ने योजनाका साथ काम भइरहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा नारायणी सामुदायिक हस्पिटल लिमिटेडका अध्यक्ष डा. भक्तमान श्रेष्ठ, प्रालिका प्रबन्धक संचालक पुष्पराज शर्मा, कम्पनीका उपाध्यक्ष शरदबाबु कटेल, नेपाल पोलिटेक्नि इन्स्टिच्युट कम्पनीका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्याय, कालीगण्डकी नारायणी सामुदायिक हस्पिटल नवलपुरका संचालक डा अर्जुन श्रेष्ठ, कम्पनीका सेयर सदस्य राजनराज पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




