| सोमवार, कार्तिक २३, २०८३

अपराध घटाउन दण्ड सजायँ भन्दा सचेतना महत्वपूर्ण

हप्काएर, धम्क्याएर, थर्काएर, थुनेर, कुटपिट गरेर, दण्डजरिबाना गरेर भन्दा सम्झाईबुझाई गरेर अपराध कर्म गर्नेलाई सहीठाउँमा ल्याउन सकिन्छ भन्ने अवधारणाले जेललाई सुधारगृहका रुपमा विकास गर्न थालिएको छ ।

बिगत तीनबर्षको दशैँको अवधिमा भएको सवारी दुर्घटनाको संख्या विश्लेषण गर्दा पछिल्लो समय उल्लेख्य रुपमा दुर्घटना कम हुदैछ । तीनबर्षअघिको दशैँका बेला सवारी दुर्घटनामा आठजना घाइते भएका थिए । गतबर्ष पनि दशैँका बेला जिल्लाभित्र एउटा मात्र सवारी दुर्घटना भयो । जम्मा एकजना घाइते भए । यसपटक पनि जम्मा दुईवटा मात्र सवारी दुर्घटना भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा १४० पटक सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । त्यो बर्ष १७ वटा सवारी दुर्घटना भए । ११ जनाको मृत्यू भयो । ५७ जना घाइते भए ।

पछिल्लो बर्ष २०७८÷०७९ मा २८८ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन ग¥यो । कार्यक्रमबाट २३ हजार जना ट्राफिक नियमबाट सुसुचित भए । त्यसबर्ष १९ वटा सवारी दुर्घटना भयो । १३ जनाको मृत्यू भयो, २८ जना घाइते भए । त्यसको पछिल्लो बर्ष २०७९÷८० मा ट्राफिक प्रहरीले तेह्रसय चालीसपटक ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन ग¥यो । त्यसबाट एकलाख ३३ हजार ७१९ जना सुसुचित भए । त्यसबर्ष २२ वटा सवारी दुर्घटना भयो । १९ जनाको मृत्यू भयो, ४७ जना घाइते भए ।

तीनबर्षको यो अवधिमा जिल्लामा गुड्ने सवारीसाधनको संख्या उल्लेख्य वृद्धि भयो । सवारी चल्ने सडकको विस्तार पनि धेरै नै भयो तर सवारी दुर्घटना भने घट्दै गयो । यो तथ्यले दण्ड, जरिबाना, कारबाही, कैद सजायँले मात्र शान्ति, सुरक्षा सुव्यवस्थित हुन्छ, दुर्घटना न्यूनिकरण हुन्छ भन्ने कथ्यलाई झुठो सावित गरिदिएको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी कार्यालयले गरेको सचेतनामुलक कार्यक्रम र सवारी दुर्घटनाको घट्दो दर हेर्दा दण्ड, कारबाही र जरिबानाको त्रास देखाएर भन्दा सचेतनामुलक कार्यक्रम गरेर दुर्घटना न्यूनिकरण गर्न सकिन्छ भन्ने पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्