| मङ्लबार, कार्तिक २४, २०८३

अण्डा दिवसको अवसरमा बिद्यार्थीलाई अण्डा वितरण

२७ औ बिश्व अण्डा दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा गोरखा नगरपालिका–९ टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालयका बिद्यार्थीलाई अण्डा वितरण गरिएको छ ।

शुक्रवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले सात क्रेट अण्डा बिद्यालयलाई वितरण गरेको हो । बिद्यार्थीको पौष्टिक आहारमा सहयोग पु¥याउने उदेश्यले अण्डा वितरण गरिएको कार्यालय प्रमुख सर्मिला कुमालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्