| सोमवार, कार्तिक २३, २०८३

मेला–महोत्सव विवादको दिर्घकालिन समाधान खोज

बिगत केही बर्षयता जिल्लाको सदरमुकामस्थित हरमटारी खेलमैदानमा हुदै आएको मेला महोत्सव विवादरहित बन्न सकेको छैन । मेला–महोत्सवको बिषयलाई लिएर फेन्सी व्यवसायी र आयोजकबीच हुने टकराव जिल्लाका लागी खासै नौलो रहेन । बुधवारबाट शुरु भएको बृहत लोकदोहोरी महोत्सवले पनि शुरु हुनु अगावै यस्तै विवाद झेल्नुप¥यो । बर्षेनी दोहोरिने यस्ता विवादको दिर्घकालिन समाधान खोज्नु जरुरी छ । यसका लागी स्थानीय तह नै बढी जिम्मेवार हुनुपर्छ ।

कोरोनाकालदेखि व्यापार व्यवसायमा व्यहोर्दै आएको नोक्सानीलाई चाडवाडको व्यापारले ‘कभर’ गर्ने लक्ष्य जिल्लाका व्यवसायीको छ । सटर भाडा तिर्न समेत मुश्लिक हुने गरी खस्किएको व्यवसायलाई चाडवाडको व्यापारले केही हदसम्म उकास्छ भन्ने अपेक्षा उनीहरुमा हुनु स्वभाविक पनि हो । तर व्यापारको मुख्य सिजनमा मेला महोत्सव गरेर जिल्लावाहिरका व्यापारीलाई प्रोत्साहन ग¥यो भनेर बिरोध गर्नु व्यापारीको हिसावले सोच्दा उचित पनि हो । तर यसो भन्दै गर्दा जिल्लाका व्यवसायीलाई मात्र प्रोत्साहन गरेर व्यापारमा सिण्डिकेट लगाउन त पक्कै पाइदैन होला । व्यापार व्यवसायमा प्रतिस्पर्धा हुनु राम्रै कुरा हो ।

सस्तो र सुलभ मूल्यमा जहाँ सामान पाउँछ ग्राहक त्यतै केन्द्रित हुनु स्वभाविक पनि हो । सस्तोमा सामान बेच्यो भनेर बिरोध गर्नु लज्जास्पद हुन्छ । यीनै बिषयलाई लिएर मेला महोत्सवमा हुने गरेको विवादको दिर्घकालिन समाधान खोज्नुपर्ने बेला भएको छ । होइन भने हरेक बर्ष यस्तै लफडा दोहोरिरहन्छ । प्रशासनका लागी पनि यो टाउको दुखाइको बिषय हो ।

मेला महोत्सव संचालनको अनुमति दिने अधिकार स्थानीय तहलाई नै छ । आवश्यकता र परिस्थिती अनुसार अनुमति नदिने अधिकार पनि उसैलाइ छ । तर मेला महोत्सवको नाममा बर्षैनी दोहोरिने यस्ता विवाद मिलाउन गोरखा नगरपालिका चुक्दै आएको छ । की त चाडवाडको समयमा हुने यस्ता मेला महोत्सवमा रोक लगाउन प¥यो, होइन भने मेला महोत्सवलाई विवादरहित तवरले निर्वाध रुपमा संचालन गर्ने परिस्थिती सृजना गर्ने ल्याकत नगरपालिकाले राख्न सक्नुपर्छ । होइन भने विवादरहित मेला महोत्सवको कल्पना गर्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्