
उत्तरी गोरखाको स्याउ ढुवानीमा सहजिकरण गर
उत्तरी गोरखामा उत्पादित स्याउ यतिबेला बजारसम्म पुगिसक्नुपथ्र्याे हो, तर ढुवानीमा समस्या हुदाँ स्टोरमै थन्किएर बसेको छ । ढुवानी साधन अभाव यसको प्रमुख कारक हो ।
मेहनत र लगानी खर्चेर उत्पादित स्याउ प्रतिफल लिने बेला स्टोरमै थन्किएर बस्नु स्याउ व्यवसायीका लागी दुखद कुरा हो । उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै ढुवानीलाई सरल र सहज बनाउन सम्बन्धित निकायले पहल कदमी आवश्यक छ । होइन भने व्यवसायीक स्याउ खेतीमा सम्भावना देख्नेहरु हतोत्साहित हुनेछन् ।
भौगोलिक रुपमा ठगिएको उत्तरी गोरखा पूर्ण रुपमा सडक सञ्जालले जोडिन सकेको छैन । भएको पदमार्गको यात्रा पनि जोखिम नै छ । स्तरोन्नतीको पर्खाइमा रहेको उक्त पदमार्गमा स्याउ ढुवानी गर्न सहज पक्कै छैन । हेलिबाट ढुवानी गर्न आर्थिक हिसावले मितव्ययी देखिदैन । यसरी ढुवानी अभावमा बजारसम्म स्याउ पु¥याउन नसकेका उत्तरी गोरखाका स्याउ व्यवसायीको समस्यालाई सामान्य लिनु हुदैन ।
आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित उनीहरुले गरेको लगानीलाई यसै खेर जान दिने हो भने आगामी दिनमा व्यवसायिक रुपमा स्याउ खेती गर्नेहरु भेटाउनै मुश्किल पर्छ । जमिनहरु बाँझिने क्रम बढ्न सक्छ । बिदेशी उत्पादनले स्थान पाउछन् । हामीलाई परनिर्भर बनाउँछ ।
हुन त सडक सञ्जाल जोड्न समय लाग्छ । उत्पादित स्याउलाई बजारसम्म पु¥याउने उपलब्ध ढुवानी साधनको प्रयोग गर्नुपर्छ । त्यही साधनको सहज आउजाउ हुने व्यवस्था मिलाउन सकेमात्र पनि स्याउहरु स्टोरमै थन्किने थिएनन् । जस्तो की जगतसम्म पुगेको मोटरबाटोलाई मर्मत गरी गाडी जान सक्ने बनाउने, अनुदानसहित ढुवानीको व्यवस्था मिलाइदिने जस्ता कार्य गरेर स्याउ व्यवसायीलाई प्रोत्साहन गर्न सकिन्छ । उत्पादित स्याउले बजार पाएमात्र व्यवसायिक स्याउ खेती बिस्तार हुने मात्र होइन स्याउ खेती गर्नेहरुलाई पनि राहत मिल्ने छ ।




