
गोरखामा बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
बौद्धिक अपाङ्गता भएकी ३१ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका ४२ बर्षिय दिपक बहादुर वानिया (गोपाल) रहेका छन् ।
विवाह गर्छु भनी ललाई फकाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले जायरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
गत भदौ २१ गते गोरखा नगरपालिका–८ ढुंगागाढे स्थित नेत्रहिन संघको भवनको शौचालयमा लगेर बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरीमा उल्लेख भएको उनले जानकारी दिए ।
वानियालाई सोमवार पक्राउ गरी बिरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।




