| शुक्रबार, अशोज १५, २०८३

गोरखामा यू–१३ अन्तरविद्यालय फुटवल प्रतियोगिता हुने

गोरखामा यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता हुने भएको छ । द ओसन क्लब र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा यही असोज १३ गतेबाट प्रतियोगिता हुन लागेको हो । वुधवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगीताबारे जानकारी गराएको हो ।

दलभन्ज्याङस्थित कृत्रिम घाँसे मैदानमा हुने प्रतियोगीतामा नगरपालिका भित्रका दश टिमको सहभागीता रहने छ । सहभागी टिममा लक्ष्मी सामुदायिक विद्यालय, महालक्ष्मी मावि, द ओल्ड क्यापिटल मावि, रत्नराज्य मावि, रत्नलक्ष्मी मावि, सरस्वती सेकेण्डरी स्कुल, सुर्यमुखी बोर्डिङ स्कुल, मोर्डन इङ्लिस बोर्डिङ स्कुल, नवज्योति मावि र आयोजक द ओसन क्लब रहेका छन् । १३ बर्ष मुनिका खेलाडी मात्र सहभागी हुन पाउनेछन् । प्रत्येक हप्ताको शनिवार खेलहरु संचालन हुने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

प्रतियोगिताको उपाधी बिजेता र उपबिजेताले क्रमश सात हजार र दुई हजारको नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दुवै टिमले नवौ ओसन राष्ट्रिय च्याम्पियन छनोट खेलमा समेत सहभागी हुन पाउने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन खेल लक्ष्मी सामुदायिक र सुर्यमुखी बोर्डिङ बीच हुने आयोजकले जनाएको छ । पौष २१ गतेसम्म चल्ने प्रतियोगिता संचालनका लागी पाँच लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागी गोरखा नगरपालिकाबाट तीन लाख प्राप्त भएको र बाँकी रकम क्लबले व्यवस्थापन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्