| सोमवार, कार्तिक २३, २०८३

गोरखामा डेंगुका बिरामीको संख्या ८० पुग्यो

गोरखामा डेंगु संक्रमितको संख्या ८० पुगेको छ । सबैभन्दा धेरै गोरखा नगरपालिकामा ७० जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै भीमसेन थापामा ८ र शहिद लखनमा २ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । त्यस्तै जिल्लामा स्क्रब टाईफस संक्रमितको संख्या ३५ पुगेको छ ।

गोरखा नगरपालिकामा ३१ सिरानचोक गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । स्क्रव टाइफसका लक्षण डेंगुको जस्तै भएपनि यो रोग डेंगु भन्दा ३० गुणा बढी घातक रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्