
करारका कर्मचारीमाथि राजनीति
‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ भन्ने उखान नेपाली जनमानसमा निकै चलेको छ । दुई ठूला शक्तिको द्वन्द्व हुँदा त्यसको असर नजिकको कुनै निर्दोषले पाउने सन्दर्भमा यो उखान प्रचलित छ ।
अजीरकोट गाउँपालिकामा भएका केही घटनाले यो उखानलाई चरितार्थ गर्छन् ।
सो गाउँपालिकाको चुनावमा माओवादी र कांग्रेस बीच कडा प्रतिस्पर्धा भयो । चुनाव सकिएर कार्यपालिकामा नयाँ नेतृत्व आउने वित्तिकै पुरानो नेतृत्वले करारमा नियुक्त गरेका कर्मचारीहरुलाई निश्कासन ग¥यो । प्रतिद्वन्द्वी पार्टीले नेतृत्व गरेको अघिल्लो कार्यकालमा नियुक्त गरेका ती कर्मचारीले विना कसुर सजायँ भोग्नु प¥यो । प्रतिद्वन्द्वी राजनीतिक पार्टी थिए, कर्मचारी थिएनन् ।
जागिरका लागि पढेकाहरुले विज्ञापन खुल्यो, परीक्षा दिए, विधि र प्रक्रिया पु¥याएर नियुक्त भएका थिए, राजनीति गरेका थिएनन् । तर निर्वाचित हुनेवित्तिकै प्रतिद्वन्द्वी पार्टीको नेतृत्वले चयन गरेको भन्दै आक्रोश र प्रतिशोध निरिह, निर्दोष कर्मचारीहरुमाथि पोखियो ।
यस बर्ष पनि फेरि कसैलाई निस्काशन गरिएको छ ।
गाउँपालिकाले गत साउनमा वडा नं. १ को धन्सिरा सामुदायिक स्वास्थ्य इकाइका अहेब निश्कासित भइन् । त्यहाँ कार्यरत विष्णुमाया गुरुङलाई निश्कासन गरिएको हो । उनी निष्काशन भएपछि सेवा बिगत एक महिनादेखि ठप्प छ । स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाह हुन नसकेको हो । तर सो पदका लागि विज्ञापन भइसकेको गाउँपालिकाले जनाएको छ ।
एक, डेढ महिनासम्म स्वास्थ्य सेवा ठप्प भएपछि ढिलो, छिटो सो स्वास्थ्य इकाइमा अर्को जनशक्ति पक्कै आउलान्, तर हुँदाखाँदाको कर्मचारी हटाएर नयाँ भर्ना गर्नुको जड कारणचाहिँ के हो ?
यदि राजनीतिक पूर्वाग्रह हो भने कुनै पनि पार्टीको नेतृत्व अकण्टक हुदैन । त्यसको प्रतिशोध लिने पालो फेरि आउँछ भन्ने बुझ्नु पर्छ ।




