| सोमवार, कार्तिक २३, २०८३

रमन भट्टमाथि कुटपिट गर्नेलाई कारबाही गर्न प्रजिअको ध्यानाकर्षण


काठमाडौँमा बसोबास गर्ने गोरखा नगरपालिका १ छापथोकबासीको संस्था छापथोक, काठमाडौँ सम्पर्क समाजले छापथोक क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । सो क्षेत्रमा दैनन्दिन बढ्दै गएको अशान्तिको वातावरणले नागरिकको शान्ति सुरक्षासंग बाँच्न पाउने मौलिक हक हनन भएकाले शान्ति सुरक्षा कायम गर्न माग गरेका छन् ।


सोमबार समाजका अध्यक्ष नहकूल भट्ट, सचिव गिरीराज भट्टद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र सप्रजिअ पुस्कर रानालाई पेश गर्दै शान्ति सुरक्षाको माग गरेका हुन् । ‘मिति २०८०।०६।०४ साँझ पौने आठबजेतिर घरमा सुतिरहेका यस समाजका आजीवन सदस्य रमन भट्टलाई १२।१४ वटा मोटरसाइकलमा गएका २२।२४ जनाको समूहले निर्घात कुटपिट गरेको घटनाप्रति यस समाज घोर भत्र्सना गर्दछ’, ज्ञापन पत्रमा भनिएको छ, ‘यस घटनामा समेल भएका गोनपा ४ फिनाम निवासी दिनेश तमुसहित सम्पूर्ण दोषीहरुलाई यथासीघ्र पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दछौँ ।’

सो घटनाले निर्धक्कसंग बस्न र शान्तपूर्वक आफ्नो काम गर्नसमेत त्रसित हुनु परेको भन्दै शान्ति, सुरक्षाको वातावरण बनाउन माग गरिएको छ ।


ज्ञापन पत्र बुझाउन छापथोक र काठमाडौँमा रहेका समाजमा आवद्ध करिब एकसय जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्