| सोमवार, कार्तिक २३, २०८३

तीज पर्वलाई भड्किलो नबनाऔँ

पाका पुस्ताले मान्दै मनाउँदै आएका सबै कुरा संस्कृति हुदैनन् । जब कुनै संस्कृति बोझिलो हुदै जान्छ, तब त्यो मान्न, मनाउन योग्य हुँदैन । जब मान्छेहरुले विस्तारै किनारा लगाउँछन्, तब त्यसको अस्तित्व संकटमा पर्छ ।

रवाफिलो र भड्किलो हुदै गएपछि धेरै संस्कृतिहरु बिकृति बन्छन् । ग्राह्य भन्दा त्याज्य बन्दै गएपछि त्यसको अस्तित्व संकटमा पर्छ अनि जसरी डाइनोसर समयानुकूल हुन सकेन अनि बिलोप भयो, कतिपय संस्कार, संस्कृति पनि डाइनोसर जस्तो बन्ने सम्भावना रहन्छ ।

अहिले युवापुस्ताको फेसन पाका पुस्ताका लागि अपाच्य खालको भइसकेको छ । अहिलेका नयाँ पुस्ताका मान्छेले प्रयोग गर्ने बोली, बानी व्यवहार पाका पुस्ताका लागि दिक्क लाग्दो भइसकेको छ । अहिलेका नयाँ पुस्ताको आनी, बानी, व्यवहार पुराना पाका पुस्ताका लागि नसुहाउने भइसक्यो ।

कति चाडपर्व यस्ता बोझिला छन्, तिनलाई अपनाउन सर्वसाधारणलाई कठिन भइसकेको छ । कैयौँ संस्कार, संस्कृति यति धेरै खर्चालु भइसको छन् कि, सर्बसाधारणले त्यसलाई धान्नै नसक्ने भइसकेका छन् । त्यसैले सर्वसाधारणहरु कि चाडपर्व, रीतिथिति छाड्ने, कि धर्म छाड्ने अबस्थामा पुगेका छन् । कैयौ गाउँमा जाँदा धर्म परिवर्तनको कारण बताइमाग्ने हो भने, उनीहरुले मानिआएको सनातनी धर्म धेरै बोझिलो, धेरै गहकिलो, थेगिनसक्नु खर्चालु भएको तर चर्च धेरै सस्तो, सजिलो, सहज भएकाले धर्म परिवर्तन गरेको बताउँछन् ।

लाप्राक जस्ता गाउँलेले अब धर्म, संस्कार, संस्कृति निकै बोझिलो, खर्चिलो गरी भनायो भने दण्ड, जरिबाना गर्ने निर्णय गरेको छ । यो निर्णयले गर्दा अब लाप्राकमा धर्म छाड्ने क्रम बिस्तारै घट्ला भन्ने अपेक्षा गर्न सकिन्छ ।

तीजको सन्दर्भमा कुरा गर्ने हो भने, तीज कुनै बेला मर्यादितै थियो । विशेषगरी धार्मिक, नैतिक शिक्षामा अनुवन्ध भएर आफ्नो कलाकारिता प्रदर्शन गर्थे । तर अहिले तीज असीमित धेरै भड्किलो भएको छ । यस्तो हुनबाट जोगाउनु पर्छ । सरल, साधारण तरिकाले चाडपर्व मान्न सुरु गरौँ ।

प्रतिक्रिया दिनुहोस्