
आवश्यक समन्वय र सहकार्य गर
अहिले नेपाल रेडक्रस र गोरखा रक्तसंचार केन्द्रबीचको दुरी बढेको छ । अन्तरनिहित स्वार्थका कारण हो अन्य कुनै कारण, यसको प्रत्यक्ष प्रभाव भने रक्तसंचार केन्द्रमा देखिएको छ ।
केही महिनायता केन्द्रमा रगत अभाव हुदै जानु यसको प्रभाव हो । अभिभावकको दायित्व निर्वाह गर्नुपर्ने रेडक्रस कार्यालयले नै केन्द्रलाई असहयोग गर्नु कति उचित होला ? एक अर्काको स्वार्थलाई पन्छाएर आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्नु आवश्यक देखिन्छ ।
आपतकालिन अवस्थामा निशुल्क रगत उपलब्ध गराउने उदेश्यले रेडक्रसले नै गत बर्षबाट रक्तसंचार केन्द्र संचालनमा ल्याएको हो । एक बर्षको अन्तरालमा केन्द्रले चार सय पाउण्डभन्दा बढी रगत निशुल्क उपलब्ध गराएर धेरैको ज्यान जोगाइसक्यो । केन्द्र संचालनमा आएसँगै तत्काल रगत आवश्यक परेका बिरामीलाई धेरै राहत मिलेको छ भन्ने कुरामा पनि कुनै दोमन छैन ।
समयमै रगत नपाएकै कारण कपितय सुत्केरी महिला र अन्य बिरामीको ज्यान गएको उदाहरणहरु पनि छन् । यस्ता दुखद घटनाहरु न्यूनिकरणमा पनि केन्द्रले ठुलै योगदान पु¥याइरहेकै छ । तर जुन संस्थाले केन्द्र संचालन ग¥यो त्यही संस्थाबाटै असहयोग हुनु बिडम्वना हो ।
यसभित्र व्यक्तिगत स्वार्थ लुकेको छ वा एकआपसमा आवश्यक समन्वय र सहकार्यको कमी भएको हो, यसको पहिचान गर्नु आवश्यक छ । जे सुकै भएपनि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने रेडक्रस कार्यालयले केन्द्रमाथि किन फरक व्यवहार र असहयोग गरेको छ ? यो खोजीको बिषय पनि हो ।
दुई कार्यालयबीचको दुरी बढ्दा यसको असर जिल्लावासीलाई पनि पर्छ । आवश्यकतामा रगत नपाउने हो भने केन्द्रको औचित्य रहदैन । त्यसैले निस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्नुपर्ने संस्थाले स्वार्थलाई त्यागेर एक आपसमा समन्वय र सहकार्य गर्नु जरुरी छ । रक्तसंचार केन्द्रलाई अझै मजवुद बनाउँदै प्रभावकारी सेवा प्रवाहका लागी रेडक्रस कार्यालयले तदरुपता देखाओस् ।




