
बाढीले क्षति पुर्याएका पुलहरु चाँडो बनुन्
यो मनसुनमा धेरै ठूलो बर्षा हुदैन भनेर हिउँदमै मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको थियो । नभन्दै यो असार, साउनमा खासै ठूलो पानी पनि परेन, ठूलो भेलबाढी पनि गएन । पहिरोले पनि छिटपुटबाहेक धेरै दुख दिएन ।
तर साउनको आखिरि–आखिरितिर तीनदिन लगातार बर्षात भयो । त्यसले त्रिशुली, बूढीगण्डकी लगायतका नदीमा ठूलो बाढी आयो । बाढीले गोरखाका केही ठाउँमा क्षति पु¥यायो । त्रिशुलीको बाढीले हिक्लुङ पुल भेट्यो । त्यहाँको १० भन्दा धेरै प्यानल बगाएर लग्यो । बारम्बारको झड्काले पुल कमजोर पनि भयो, कोल्टिएर वारपार गर्न पनि नसक्ने अबस्था आयो ।
अहिले नै हिक्लुङ, थुम्का, बालकी, कोराक लगायतका गाउँका बासिन्दा राजमार्ग झर्न सकेका छैनन् । ती गाउँका विद्यार्थी राजमार्ग हुँदै विभिन्न स्कूल कलेज पढ्न जान सकेका छैनन् । त्यस्तै सो पुल हुदै राजमार्गमा झारेर विभिन्न सहरमा पु¥याउने तरकारी बिक्री गर्न सकिएन । स्थानीयबासी बजारमा सामान किन्न तथा रोजगारका लागि जान नसक्ने भएका छन् ।
त्यसैले यथासीघ्र सो ठाउँमा नयाँ पुल निर्माणको प्रक्रिया सुरु गर्नु जरुरी भएको छ । मर्मत गरेर काम चल्ने अबस्था छैन । बारम्बार बाढीको झड्काले हानेर जोखिम बनाएको सो पुल कुनै पनि बेला बग्न सक्छ । मान्छे यात्रा गरिरहेका बेला प¥यो भने जनधनको क्षति हुनेछ, त्यसैले त्यहाँ यथासीघ्र अर्को नयाँ झोलुंगे पुल निर्माण गर्नुपर्ने भएको छ ।
त्यस्तै वीरेन्द्र ताल खोलामा रहेको काठे पुल बगेको छ । काठेपुल भनेर नजरअन्दाज गर्नुछैन, किनभने सोही पुल हुँदै पर्यटकहरु लार्केपासका लागि आवतजावत गर्ने गर्छन् । सामागाउँ र साम्दोका बासिन्दा आवतजावत गर्ने पुल पनि त्यही हो । सो ठाउँमा सरकारले पक्की बन्दोबस्तीका साथ झोलुंगे पुल नबनाइदिँदा जोखिम मलेर काठेपुल तर्नुपर्ने अबस्था छ । त्यहाँ पनि पक्की झोलुंगे पुल निर्माणका लागि सरकारले यथासीघ्र निर्णय गर्नुपर्ने अबस्था छ ।




