
सहीदलखनमा लम्पीस्कीन रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
सहिदलखन गाउँपालिका–६ मा लम्पीस्कीन रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घैरुङले सोमबार संस्थामा आबद्ध सदस्य तथा अभिभावकहरुलाइ उक्त रोगको बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा गाउँपालिका कृषि शाखा प्रमुख ऋषि रोकाले पालिकाभित्रका धेरै पशुचौपायमा लम्पी स्कीन रोगको संक्रमण देखिएकाले नियन्त्रणमा लाग्नुपर्ने बताए । कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका अधिकृत डा. लालमणी अर्याललेसमेत सहजिकरण गरेका थिए ।
उनले सहभागीहरुलाई लम्पीस्कीन रोगको परीचय, लक्षण, रोगबाट पशुहरुलाई कसरी बचाउने, यस्ता प्रकोपहरुबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।
पालिकाका प्रशासकीय अधिकृत बाबुराम मगरले रोग नियन्त्रणका लागि सय डोज भ्याक्सिन वितरण भइसकेको बताए । गाउंपालिका अध्यक्ष रमेश थापा मगरले रोगको प्रकोप फैलन नदिन सबै सजग हुन आग्रह गरे ।
कार्यक्रममा अनुगमन अधिकृत प्रकाश लामिछानेले संस्थाले बचत कर्जाको कारोबार मात्र नभई सामाजिक क्षेत्रमा पनि निरन्तर रुपमा कार्य गर्दै आइरहेको बताए । आफ्ना सदस्यहरुलाई विभिन्न समयमा सिपमुलक तालिमहरु पनि संचालन गर्दै आएको उनले जानकारी दिए ।
संस्थाका सदस्य तथा महिला उद्यमी सुमित्रा श्रेष्ठको अध्यक्षता तथा गाउपालिका अध्यक्ष मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष दिलिप नारायण थापामगर लगायतले मन्तव्य राखेका थिए ।




