| मङ्लबार, कार्तिक २४, २०८३

भच्चेकमा सम्पन्न निशुल्क दन्त शिविरमा दुईसय बढीले सेवा लिए

गोरखाको भच्चेकमा सम्पन्न भएको निशुल्क दन्त शिविरमा दुई सयभन्दा बढीले सेवा लिएका छन् ।

भच्चेक स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा सेवा लिएकामध्ये १७२ जनाको दाँत निकालिएको, ७३ जनाको दाँत सफा गरिएको र ३० जनाको दाँतमा सिमेन्ट भरिएको शिविर संयोजक मुटु फाउण्डेशन नेपालका धनबहादुर गुरुङले बताए ।

कुल २८६ जनाले सेवा लिएको उनले जानकारी दिए । शिविरमा दन्त रोग विशेषज्ञ डाक्टर रुपेशकुमार महतो, श्वेता कार्की, दिलिप शाह लगायतको चिकित्सकको टोलीले सेवा दिएका थिए ।

अजिरकोट गाउँपालिकाको आयोजना र ओम समाज डेन्टल अस्पताल काठमाण्डौंको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविर आयोजनामा मुटु फाउण्डेशन नेपाल, मनोज एसोशिएसनले समेत सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्