| सोमवार, कार्तिक २३, २०८३

वीरेन्द्रताल खोलाको बाढीले सामागाउँको पुल बगायो


हिमालपारि रहेको चुमनुब्री गाउँपालिका १ सामागाउँको पुल स्थानीय वीरेन्द्र ताल खोलाले बगाएको छ । केहीदिनदेखिको अबिरल बर्षापछिको बाढीले त्यहाँको काठेपुल बगाएको स्थानीय स्वास्थ्यचौकीका लक्ष्मण कार्कीले जानकारी दिए । पुल गएराती नौ बजे बगाएको उनले बताए ।

त्यहाँको पुल बगाएपछि सामागाउँ र साम्दो गाउँका बासिन्दा आवतजावत बन्द भएको छ । सामागाउँका करिब १५० घरधुरी र साम्दोका करिब ५० घरधुरीका बासिन्दालाई आवतजावतमा असुविधा भएको उनले बताए ।


साथै मनास्लु बेसक्याप जाने तथा लार्केपासका लागि जाने पर्यटकलाई असुविधा हुने भएको उनले बताए ।

(फाइल तस्वीर)

प्रतिक्रिया दिनुहोस्