| आइतवार, कार्तिक २२, २०८३

को हुन् उपेन्द्र देवकोटा ?

डा. उपेन्द्र देवकोटाको ४५ दिनको पूण्यतिथि आज

वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको बिहीबार ४५ दिन पुगेको छ । डा. देवकोटोको गएको असार ४ गते उपचारको क्रममा निधन भएको थियो ।

४५ औँ दिनको पूण्यतिथि पारेर बिहीबार डा. देवकोटाको परिवारले श्रद्धाञ्जली तथा शास्त्रअनुसारको विधि गरेको छ ।    देवकोटाको गएको असार ४ गते सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा निधन भएको हो । उनी ६५ वर्षका थिए ।

४५ दिनको तिथि पारेर न्यूरो अस्पताल बाँसबारीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

तस्बिर साभार : न्यूरो अस्पतालका सिइओ डा. बसन्त देवकोटाको फेसबुक पेजबाट 

प्रतिक्रिया दिनुहोस्