
सेन्ट जोसेफ स्कुलमा लागू औषध सम्बन्धी अभिमुखीकरण
गोरखा नगरपालिका–११ स्थित सन्त जोसेफ स्कुलका अभिभावकलाई लक्षित गरी लागू औषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिद्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम भएको हो ।
कक्षा ८ देखि १० सम्मका बिद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहजिकरण गर्दै उनले बालबालिकालाई लागू औषध दुव्र्यसनीबाट जोगाउन अभिभावको भूमिका महत्वपूर्ण हुने बताए । आफ्नो बालबालिकाको संगत र दैनिक गतिविधिमा समेत बिशेष ध्यान दिन उनले आग्रह गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारीले ट्राफिक नियम सम्बन्धी जानकारी गराएका थिए ।




