
लमजुङ जुवा खेल्न पुगेका गोरखाका पाँच जना पक्राउ, पाँच लाख ७० हजार नगद बरामद
गोरखाका लम्जुङ जुवा खेल्न गएका पाँच जना जुवाडेहरु लमजुङबाट पक्राउ परेका छन् । जुवा खेल्नकै लागि गाडी लिएर लम्जुङको घनपोखरा पुगेका गोरखाका पाँच र लम्जुङका १७ जना गरी २२ जना मस्र्याङदी गाउँपालिका–९ घनपोखरास्थित स्थानीय धनबहादुर तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ, वडा नम्वर १० का दानबहादुर कुमाल, सिरानचोक–५ का निर्माण घिमिरे, अजिरकोट–४ का धनबहादुर गुरुङ र काले तामाङ रहेका छन् ।
त्यस्तै लमजुङका मिनराज तामाङ, सुजन तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, बिरेन्द्र राउत बरै, देवेन्द्र लामा, राजन सयल, रामबहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नविन गुरुङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
बिहीवार राती करिव आठ बजेको समयमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ५ लाख ७० हजार रकम र १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सिर्मलले बताए ।
पक्राउ परेकाहरु बिरुद्ध जुवा खेल्न वा सट्टेवाजी गराउन नहुने शिर्षक अन्तरगत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरु स्करपिओ गाडी लिएर जुवा खेल्न आएका थिए ।




