| सोमवार, कार्तिक २३, २०८३

खर्च गर्ने क्षमता बढाऊ

कृषि ज्ञानकेन्द्र गोरखाले गत आर्थिक बर्ष चार करोड ८२ लाख ९१ हजार खर्च गरेको छ । प्रदेश मन्त्रालयबाट प्राप्त कूल सात करोड ३८ ४५ हजार रुपैयाँमध्य कार्यक्रमतर्फ जम्मा ६८.८३ प्रतिशत र वित्तीयतर्फ ६५.३९ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाले कूल ४ करोड २९ लाख रुपैयाँमध्य पुँजीगत कार्यक्रमतर्फ १० लाख ५० हजार रुपैयाँ र चालु प्रशासनिक खर्चतर्फ एक करोड ४ लाख ७२ हजार र कार्यक्रम खर्चतर्फ ३ करोड १४ लाख ५८ हजार रहेको थियो ।

गत आवमा ९४ प्रतिशत प्रगति हासिल गरेको बताइन् । कुल कार्यक्रमहरुमध्ये ९४.३७ प्रतिशत र वित्तीयतर्फ ७९.६ प्रतिशत प्रगति हासिल भएको थियो । प्रदेश सरकार अन्तरगत संचालन भएका कार्यक्रमहरुमा ९७.५ प्रतिशत प्रगति हासिल भएको थियो । गतवर्ष चालुतर्फ ४ करोड ४७ लाखमा ३ करोड ५० लाख र पुँजीगततर्फ १६ लाखमा १५ लाख ९२ हजार खर्च भएको छ ।
यसरी हेर्दा पशुसेवा विज्ञकेन्द्रले भन्दा कृषि ज्ञानकेन्द्रले कम प्रतिशत प्रगति गरेको छ ।

अन्य जिल्लाका कृषि ज्ञानकेन्द्रको तुलनामा धेरै खर्च गरेको हुनसक्छ, तर त्यसमा चित्त बुझाउने ठाउँ छैन ।
यद्यपि सरकारकै प्रगति धेरै कम प्रतिशत छ । यससंग तुलना गरेर हामीले धेरै प्रगति गरेका छौँ भन्ने सोचाइ राखियो भने आउँदो बर्ष पनि झन कम प्रतिशत प्रगति हुनसक्छ ।

प्रशासनिक खर्चतर्फ चाहिँ धेरै प्रतिशत खर्च हुन्छ । यसको अर्थ तलब भत्ता, मसलन्दमा पर्याप्त खर्च हुने तर कार्यक्रमतर्फको शीर्षकमा कम खर्च हुने भनेको कार्यालयको टिमको कार्यक्षमतामा कमी हुनु हो ।

बिगत बर्ष जे जसो भयो, अब आउँदा दिनमा कार्यक्षमतामा अभिवृद्धि गरी आउँदो बर्ष धेरै प्रगति होओस् ।

प्रतिक्रिया दिनुहोस्