| मङ्लबार, कार्तिक २४, २०८३

पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाई सम्बन्धी तालिम सुरु

जिल्ला सदरमुकाममा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाई सम्बन्धी तालिम सुरु भएको छ । हाम्रो सहारा फाउण्डेसनको आयोजनामा आइतबारदेखी तालिम सुरु भएको हो ।

गोरखा उद्योग बाणिज्य संघको सभहलमा संचालन भएको तालिम तीन दिन सम्म चल्ने फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।

महिलाहरुलाई आफुले प्रयोग गर्ने प्याड आफै उत्पादन गरी उद्यमी बनाउने तालिमको उदेश्य रहेको उनले जानकारी दिइन् । यसरी उत्पादन गरिएको प्याड स्वस्थ हुने उनको भनाई छ । तालिममा ५२ जना महिलाहरुको सहभागिता रहेको छ ।

उनीहरुले उत्पादन गरेको प्याडहरु फाण्डशनले खरिद गरी बजार व्यवस्थापन गरिदिने समेत अध्यक्ष श्रेष्ठले बताइन् । उत्पादन गरिएका प्याड पुनः प्रयोग गर्न मिल्ने भएकोले बजारको मूल्यभन्दा कम पर्ने बताइएको छ ।

तालिम अवधिभर कमला खनखवासले सहजिकरण गर्नेछन् । फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता र गोरखा उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्