
बारपाकमा भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिए
बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्वास्थ्य चौकीमा भएको निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन्
वडा नं १ को वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समतिको सहआयोजना तथा गोरखा अस्पताल, ग्रिन सिटी हस्पिटलको प्राविधिक सहयोग र मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा भएको हो ।
बारपाक स्वास्थ्य चौकीमा भएको दुई स्वास्थ्य शिविरमा दुई सय २५ जनाको युरिन परिक्षण, दुई सय ५० जनाको सुगर परिक्षण, एक सय २० जनाको इसिजी, युरिक एसिड, हेमोग्लोबिन, युसिजी गरी २१० गरी कुल ६ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको शिविरका संयोजक धनबहादुर गुरुङले बताए ।
विहिबारबाट सुरु भएको शिविर शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष, सामुदायिक उपभोक्ता समिति, पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, गोरखा अस्पतालका स्त्री रोग विशेषज्ञ दीक्षा पौड्याल, मेडिकल अफिसर तथा अल्ट्रासोनोलोजिष्ट डा आउइस भण्डारी, डा अनुरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा निदान रावल र डा रोशन भक्ति, धन बहादुर गुरुङ, अध्यक्ष मुटु फाउन्डेशन, नमस्ते फ्रान्स ग्रेनोबल युनिफर्सिटीका मेडिकल विद्यार्थीहरुको समूह लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।




