
शहिदलखन गाउँपालिका ७ मा करेन्ट लागेर एकको मृत्यु
गोरखाको शहिदलखन गाउँपालिका वडा नंम्बर ७ थापागाउँको ४० वर्षका राममणि थापाको करेन्ट लागेर मृत्यु भएको छ ।
शहिद लखन ८ बाह्रबिसेकी शान्ता तिवारीको कुखुराको फर्ममा विद्यतीय तार सर्ट भएर करेन्ट लाग्दा राममणि गम्भिर घाइते हुनुभएको थियो ।
मंगलबार बिहान करिब साढे ९ बजेतिर करेन्ट लागेर गम्भिर घाइते हुनुभएका थापाको उपचार को क्रममा गोरखा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
कुखुरा फार्म नजिकै रहेको हाते ट्रयाक्टर निकाल्ने क्रममा करेन्ट लागेको श्रेष्ठले जानकारी दिनुभयो ।




